काठमाण्डु – काठमाडौँ- भारतीय विदेश सचिव विक्रम मिस्री भोलि नेपाल आउनु हुने भएको छ ।
नेपालका परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा भारतीय विदेश सचिव मिस्री दुई दिने नेपाल भ्रमणका लागि भोलि अर्थात आइतबार नेपाल आउन लाग्नु भएको हो ।

विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउने अवसर सृजना हुने अपेक्षा गरिएको छ ।
भारत र नेपालबीच बलियो र मैत्रीपूर्ण सम्बन्ध रहेको छ जसले हालैका वर्षहरुमा सहकार्यका विविध क्षेत्रहरुमा ठोस प्रगति देखेको र भारतले आफ्नो छिमेकी पहिलो नीति अन्तर्गत नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिदै आएको भारतीय दुताबासले जनाएको छ ।


