काठमाडौं । एनआरएनएको १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनले डा. हेमराज शर्माको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन गरेको छ । अध्यक्षका उम्मेदवार रोविन शेरचन र रविन बज्राचार्यले संस्थाको वृहत्तर हित र एकताका लागि आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै शर्मा सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

अध्यक्ष : डा. हेमराज शर्मा
वरिष्ठ उपाध्यक्ष : रोविन शेरचन
उपाध्यक्षहरू : खगेन्द्र न्यौपाने (मलेसिया), रामशरण सिम्खडा (युके), प्रबिन गुरुङ (कतार), रोजिना प्रधान राई (बेलायत), जुनु गुरुङ (दक्षिण कोरिया), महेन्द्र ओली (अस्ट्रेलिया), रोशन थापा (जाम्बिया), दिनेश पोखरेल (अस्ट्रेलिया), मनोज कुमार श्रेष्ठ (युएई) र रबिन बज्राचार्य (अमेरिका)।
महिला उपाध्यक्ष : राधिका गुरुङ ‘टीका’ (हङकङ)
युवा उपाध्यक्ष : भीमसेन थापा (पोर्चुगल)
महासचिव : गंगाधर गौतम (बेल्जियम) र डा. चिरञ्जीवी खड्का (चेक रिपब्लिक)
उपमहासचिव : टंक प्रसाद गैरे (जापान), दिनेश कुमार घिमिरे (बेलायत), डा. ज्ञानेन्द्र रेग्मी (अस्ट्रेलिया) र पारसमणि पोखरेल (जापान) ।
सचिव : राजेन्द्र अर्याल (साउदी अरब), सुजन अधिकारी (अस्ट्रेलिया), अभिमन्यु बस्नेत (क्यानडा), अनुजा प्रधान (बेल्जियम), बेदराज बस्नेत (अमेरिका), माधव दुलाल (क्यानडा) र सुपेन्द्र घिसिङ (जापान) ।
महिला सचिव : अमृता थापा ‘कञ्चन’ (चीन)
कोषाध्यक्ष : कृष्णप्रसाद तिमल्सिना (बेलायत)
सहकोषाध्यक्ष : अब्दुल बासिद र मोहम्मद मुक्तदा मुसलमान (कतार)
महिला सहकोषाध्यक्ष : गंगा खतिवडा (दक्षिण कोरिया)
युवा संयोजक : नवीन निउरे (जापान)
क्षेत्रीय संयोजकहरू : रमेश श्रेष्ठ (मध्यपूर्व), दीपक कँडेल (एसिया प्यासिफिक) र रोबोट लिम्बु (युरोप)


