काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ललितपुरस्थित नख्खु कारागार पुर्याइएको छ । लामिछानेलाई आज रुपन्देही कारागारबाट सरुवा गरी नख्खु ल्याइएको हो । कारागार सरुवाका लागि लामिछानेले दिएको निवेदनको आधारमा नै कारागार व्यवस्थापन विभागले गरेको निर्णय अनुसार उनलाई नख्खु ल्याइएको हो ।

रविलाई ल्याएर बुद्ध एयरको विमान ४ः४० बजे भैरहवाबाट काठमाडौं उडेको थियो ।
उनको स्वागतमा नख्खु कारागारमा पार्टीका सांसद, नेता तथा समर्थकहरू बाक्लो सँख्यामा पुगेका छन् । उनीहरूले लामिछानेमाथि प्रतिशोध भएको भन्दै उनको पक्षमा चर्काे नाराबाजी गरिरहेका छन् । सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर रविलाई जहाजमार्फत त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल र त्यहाँबाट आवश्यक सुरक्षा व्यवस्थाका साथ गाडीमा नक्खु लगिएको प्रहरीले जनाएको छ । भीड बढी भएकाले उनको सुरक्षालाई ध्यानमा राखेर नेपाल आयल निगमको बाटो भएर विमानस्थलबाट नक्खु लगिएको प्रहरीले जनाएको छ ।


