४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 6:18 am
Banner

सभापति देउवाद्वारा शोक व्यक्त

सूचना प्रेस २०८२ भदौ ३ मंगलबार ००:००, १२:४६ बजे १ मिनेट पढाइ

काठमाडौँ, ३ भदौ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनका योद्धा वासु (वासुदेवशरण) कोइरालाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँको आज ९३ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले शोक विज्ञप्ति जारी गर्दै कोइरालाको निधनबाट सिङ्गो पार्टी मर्माहत भएको जनाउँदै उहाँप्रति श्रद्धाञ्जली तथा शोकाकूल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । काभ्रेपलाञ्चोकको खोपासीमा जन्मिनुभएका विस २०१२ सालदेखि नेपाली काग्रेसमा आबद्ध हुनुहुन्थ्यो ।