५ आश्विन २०८१, शनिबार 1726908218
Banner

सरकारले बढायो सार्वजनिक गाडीको भाडा 

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ ।

इन्धनमा भएको मूल्यवृद्धिसँगै भाडादर बढाइएको यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले बढाएको भाडादर यही जेठ ४ गतेदेखि लागु हुनेछ ।

विभागका अनुुसार अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुवाहकतर्फ ३.५ प्रतिशत भाडा बढेको छ ।

यस्तै, पहाडी बाटोमा गुड्ने मालवाहक सवारीसाधनमा ४.६ प्रतिशत र तराईका बाटोमा गुड्ने मालवाहक सवारीमा ५.१ प्रतिशत भाडा बढेको छ ।