५ आश्विन २०८१, शनिबार 1726908283
Banner

काठमाडौको शंखरापुरमा राप्रपाका रमेश नापित विजयी

काठमाडौ – शंखरापुर नगरपालिकाको प्रमुखमा राप्रपाका रमेश नापित विजयी हुनुभएको छ ।

निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवारलाई ७०४ मतको अन्तरले पराजित गर्दै नापित विजयी हुनुभएको हो । उहाँले ५१८२ मत ल्याउँदा समाजवादीका उम्मेदवार एलपी श्रेष्ठले ४,४७८ मत पाउनुभएको छ ।

शंखरापुरमा राप्रपाले तीन वटा वडा समेत जित्न सफल भएको छ ।

शंखरापुरमा राप्रपाले तीनवटा वडा समेत जित्न सफल भएको छ । वडा नं ३ मा सूर्य तामाङ, वडा नं ६ मा राधाकृष्ण श्रेष्ठ र वडा नं ७ मा विष्णु कुमार श्रेष्ठले वडा अध्यक्षमा प्यानल सहित जितेका छन् ।