४ आश्विन २०८१, शुक्रबार 1726880458
Banner

काठमाडौं महानगर अपडेटः बालेनले १५ हजार ४ सय २ मत ल्याएर अग्रता कायम

काठमाडौं । काठमाडौं महानगरको जारी मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले १५ हजार भोट कटाएका छन् । ३९,५२० भोट गणना हुँदा बालेनले १५,४०२ भोट पाए भने उनको प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार केशव स्थापित ८, २८८ भोटमा सीमित भएका छन् ।

त्यस्तै कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले ७, २९० भोट ल्याएकी छन् ।

काठमाडौंमा वडा नम्बर पाँचको मतगणना सकिएको छ ।