४ आश्विन २०८१, शुक्रबार 1726874767
पालिका

काठमाडौं ३ मा एमालेका प्रेम थापाको प्यानलै विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका–३ को वडाध्यक्षमा नेकपा एमालेका उमेदवार विजयी भएका छन्।

आज बिहान सार्वजनिक मत परिणामा अनुसार एमालेका प्रेम थापा दुई हजार १३८ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार राजेश अधिकारीले एक हजार ४९१ मत पाएका छन्।

एमालेको प्यानलै विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।