६ भदौ २०८३, शनिबार 1787420522
Banner

स्थापित र सिंहको मत जोड्दा पनि बालेनकै धेरै

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले पछिल्लो मतपरिणाम अनुसार १६०५२ मत ल्याएका छन्।

उनले दोस्रो स्थानमा रहेका एमालेका केशव स्थापितभन्दा ७७०७ मत धेरै ल्याएका हुन्। स्थापितले ८३४५ प्राप्त गरेका छन्। 

तेस्रो स्थानमा रहेकी कांग्रेसकी सिर्जना सिंहले ७५११ मत पाएकी छन्। उनको मत बालेनभन्दा ८५४१ कम छ।

दोस्रो र तेस्रोमा रहेका स्थापित र सिर्जना दुवैको मत जोड्दा बालेनको भन्दा कम हुन्छ।