४ आश्विन २०८१, शुक्रबार 1726874262
Banner

हालसम्म १२८ स्थानीय तहको प्रमुखमा एमाले विजयी

काठमाडौँ – स्थानीय तह निर्वाचनको मतगणना सकिएका स्थानीय तहमध्ये १२८ वटाको प्रमुख तथा अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये दोस्रो ठूलो संख्यामा एमालेका उम्मेदवार प्रमुख तथा अध्यक्ष पदमा विजयी बनेका हुन् ।

हाल मतगणना भइरहेकामध्ये ७१ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

मतगणना सकिएका स्थानीय तहमध्ये हालसम्म १३१ को उपप्रमुख तथा उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भइसकेका छन् ।

हाल मतगणना भइरहेकामध्ये ११० वटा स्थानीय तहको उपप्रमुख तथा उपाध्यक्षमा एमालेका उम्मेदवारले अग्रता लिइरहेका छन् ।

मतगणना सकिएका सबैभन्दा बढी २०५ स्थानीय तहको प्रमुख तथा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनिसकेका छन् ।

गत वैशाख ३० गते देशका ७५३ वटै स्थानीय तहमा एकसाथ मतदान भएको थियो ।