४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 1:42 pm
Banner

लगातारको अविरल वर्षाले भारतमा पहिरो जाँदा चार नेपाली बेपत्ता

सूचना प्रेस २०८२ भदौ १३ शुक्रबार ००:००, २०:२१ बजे १ मिनेट पढाइ

काठमाडौं । भारतको उत्तराखण्डमा लगातारको अविरल वर्षा पूर्वी बांगर क्षेत्रमा पहिरोका कारण ठूलो क्षति भएको छ। शुक्रबार बिहान मुसलधारे वर्षापछि आएको लेदोमिश्रित बाढीले छेनागाड क्षेत्रको एक गाउँमा १५ भन्दा बढी घर तथा पसल बगाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। घटनामा कम्तीमा ८ जना बेपत्ता भएका छन्, जसमा चार जना नेपाली र एक वनकर्मीसमेत छन्।

सडक तथा पैदलमार्ग अवरुद्ध भएकाले उद्धार टोलीलाई घटनास्थल पुग्न निकै कठिन भएको बताइएको छ। सो क्षेत्रमा बिहीबारदेखि निरन्तर वर्षा भइरहेको र क्षतिको पूर्ण विवरण अझै आउन बाँकी रहेको स्थानीय प्रशासनलाई उद्धृत गर्दै सञ्चारमाध्यमले उल्लेख गरेका छन्।