काठमाडौं । राजीव गुरुङ (दीपक मनाङे) को सांसद पद गएपछि रिक्त मनाङ प्रदेशसभा क्षेत्र नं. २ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नम्बर ३ सँगै मनाङमा पनि कात्तिक १७ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो । २०७९ मंसिरमा सम्पन्न प्रदेशसभा निर्वाचनमा सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवारका रूपमा विजयी मनाङे ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए ।

सर्वोच्चले मनाङेले सजाय भुक्तान गरेको ६ वर्षसम्म पनि उम्मेदवार हुन नपाउने फैसला समेत गरेको छ ।
रुपन्देही ३ मा भने सांसद दीपक बोहराको निधन भएपछि उपचुनाव हुन लागेको हो ।


