४ आश्विन २०८१, शुक्रबार 1726880441
Banner

बालेन शाहको अग्रता कायमै

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका उमेदवार बालेन शाह १७ हजार ४८८ मतसहित लिड गरिरहेका छन् । ४५ हजार ३१८ मतगणना हुँदा बालेनले ८ हजार २१७ मतको अग्रता कायम गरेका छन् ।

नेकपा एमालेका केशव स्थापित ९ हजार २७१ मत प्राप्त गर्दै दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले ८ हजार ३५१ मत प्राप्त गरेकी छन् ।