४ आश्विन २०८१, शुक्रबार 1726875355
पालिका

इलामको देउमाईमा एमालेका उम्मेदवार दोस्रो कार्यकालको लागि निर्वाचित

इलाम– इलामको देउमाई नगरपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार दोस्रो कार्यकालको लागि निर्वाचित भएका छन् ।

देउमाईमा प्रमुख सूर्य पोख्रेल र उपप्रमुख पविमाया राई दुवै जना दोस्रो कार्यकालको लागि निर्वाचित भएका हुन् । पोख्रेलले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार होम दुलाललाई पराजित गरेका हुन् । पोख्रेलले आठ हजार ६९५ मत प्राप्त गरेका छन् । उनका दुलालले सात हजार ६२२ मत प्राप्त गरेका छन् । २०७४ को पहिलो स्थानीय तहको निर्वाचनमा पनि दुलाल पोख्रेलसँगै पराजित भएका थिए । उपप्रमुख पविमाया राईले आठ  हजार ५६३ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका राम राईले पाँच हजार हजार ७६५ मत प्राप्त गरेका छन् । पविमाया राईले अघिल्लो निर्वाचनमा कांग्रेसकी सूर्यमाया राईलाई पराजित गर्दै उपप्रमुख निर्वाचित भएकी थिइन् ।