४ आश्विन २०८१, शुक्रबार 1726880794
राजनीति

उदयपुरको चौदण्डीगढीमा एमालेका लामा र दुलाल निर्वाचित

उदयपुर – उदयपुरको चौदण्डीगढी नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् । मेयरमा कालुमान लामा र उपमेयरमा मणिकादेवी दुलाल निर्वाचित हुनु भएको छ ।

लामाले ८५१ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र राईलाई पराजित गरेका हुन् । उहाँले ८ हजार ८६३ मत ल्याउँदा राईले ८ हजार १२ मत पाउनु भएको हो । नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार नरेन्द्रकुमार राउतले ४ हजार ३७५ मत ल्याउनु भएको छ ।

यसैगरी उपमेयरमा निर्वाचित दुलालले ९ हजार ५६६ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसकी रीताकुमारी चौधरीले ७ हजार ७६० मत ल्याउनु भएको छ । नेकपा माओवादी केन्द्रकी उपमेयर उम्मेदवार हीरा थापा तिमिल्सिनाले ३ हजार ५११ मत प्राप्त गर्नुभयो ।

२०७४ सालको निर्वाचनमा कांग्रेसका राई मेयरमा र चौधरी उपमेयरमा निर्वाचित हुनु भएको थियो ।