काठमाडाैं । बिहिबार स्थिर रहेकाे सुनकाे मूल्य शुक्रबार बढेकाे छ । नेपाली बजारमा शुक्रबार एकैदिन सुनको मूल्य प्रतिताेला २५०० रूपैयाँले बढेकाे हाे।
नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ताेलाकाे २ लाख १० हजार ४ सय रूपैयाँ निर्धारण भएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला २ लाख ७ हजार ९ सय रुपैयाँमा स्थिर रहेको थियो ।
यस्तै आज चाँदीकाे प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २४८० रुपैयाँमा कारोबार भएकोमा आज २४९० रुपैयाँ छ । चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।


