गएराति देशका केही ठाउँमा ठूलो पानी परेको छ । सुनसरी, धनकुटा र उदयपुरलगायतका ठाउँमा गएराति ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका अरू केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

हाल बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी र बागमतीका पहाडी भेगका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अरू ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने महाशाखाले जनाएको छ ।
आज राति कोशी, मधेश र बागमतीको पहाडी भूभागका केही स्थान र बाँकी पहाड र तराई भू(भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशीका पहाडी र तराई भू(भागका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ।


