१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 5:17 am
Banner

नेपालमा भएको हिंसा हृदयविदारक, शान्ति–व्यवस्था कायम राख्नुहोस् : भारतीय प्रधानमन्त्री

सूचना प्रेस २०८२ भदौ २५ बुधबार ००:००, १०:२३ बजे १ मिनेट पढाइ

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा शान्ति कायम गर्न नेपालीसँग आग्रह गर्दै नेपालमा भएका हिंसाका घटना हृदयविदारक भएको बताएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समार्फत “नेपालमा भएको हिंसा हृदयविदारक छ । धेरै युवाले आफ्नो ज्यान गुमाउनुपरेकोमा मेरो मन अत्यन्तै विचलित छ । म नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरुलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रतापूर्वक अनुरोध गर्दछु”, उनले उल्लेख गरेका छन् ।