३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:45 am
Banner

प्रतिनिधि सभा विघटन गरी सुशीला कार्कीलाई सरकार प्रमुख बनाउने सहमति

सूचना प्रेस २०८२ भदौ २७ शुक्रबार ००:००, १९:४५ बजे १ मिनेट पढाइ

काठमाडौँ – राष्ट्रपति भवन शीतलनिवासमा प्रतिनिधि सभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने सहमति जुटेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल, जेन-जी नेतृत्व, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र अधिवक्ता ओमप्रकाश अर्याल लगायतबीच यस्तो सहमति जुटेको हो । सहमतिअनुसार जेन-जीबाट प्रधानमन्त्रीमा सिफारिस कार्कीलाई सरकार प्रमुख बनाउनुअघि नै आफूले संसद्‌ विघटन गर्ने जानकारी राष्ट्रपति पौडेलले मौजुदा दलका नेताहरूलाई दिइसकेका छन्‌ ।

जेन-जी अभियन्ताहरूले प्रतिनिधि सभा विघटन गरेर मात्रैए अन्तरिम सरकार गठन गर्नुपर्ने अडान राखेका थिए । राष्ट्रपति पौडेलले भने सरकार गठन गरेपछि मात्रै संसद्‌ विघटनको कोर्स सुरु गर्न सकिने अडान लिएका थिए ।