२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 12:55 am
Banner

मोरङको बेलबारी नगर प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

सूचना प्रेस २०७९ जेष्ठ ६ शुक्रबार ००:००, ११:०७ बजे १ मिनेट पढाइ

विराटनगर । मोरङ बेलबारीको मेयरमा एमालेका दिलप्रसाद राई विजयी भएका छन् । राइले १६ हजार ४ सय २२ मत ल्याएर विजयी बन्दा कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६ सय २० मत ल्याएका छन् ।

यसैगरी नगरको उपप्रमुखमा कांग्रेसकी ४४ वर्षीया नितु थापा निर्वाचित भएकी छन् । उनले १३ हजार ७३१ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी एमालेकी ५० वर्षीया तीलकुमारी नेउपानेले १३ हजार ६०५ मत प्राप्त गरी पराजित भइन् ।