१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:56 am
Banner

झलनाथ खनालकी पत्नी रविलक्ष्मीको एउटा हात काटियो

सूचना प्रेस २०८२ आश्विन २ बिहिबार ००:००, १७:११ बजे १ मिनेट पढाइ

काठमाडौं, २ असोज । गत भदौ २४ गतेको जेनजी हिंसात्मक प्रदर्शनका क्रममा घरमा लगाइएको आगोमा परेर घाइते भएकी नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको श्रीमतीको एउटा हात काटिएको छ ।

खनालकी पत्नी रवीलक्ष्मी चित्रकारको देब्रेहात काटिएको हो । उनको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा गम्भीर अवस्थामा उपचार भइरहेको छ। संक्रमण फैलिन थालेपछि उनको हात काटिएको हो । यस्तै उनलाई निमोनियाको संक्रमण पनि देखिएको बताइएको छ ।