काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली सैनिक ब्यारेकबाट बाहिर आएका छन् । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते उनलाई नेपाली सेनाले सुरक्षाका लागि आफ्नो नियन्त्रणमा लिएको थियो ।

सोही दिन जेनजीको आन्दोलन उग्र बनेपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।
स्रोतका अनुसार ओली सैनिक ब्यारेकबाट बिहिबार भाडाको घरमा भक्तपुरको गुण्डु सरेका छन् । बालकोटस्थित ओलीको घर जेनजी प्रदर्शनकारीले जलाएर ध्वस्त बनाएका थिए । गुण्डुमा एमाले नेता महेश बस्नेतले ओलीका लागि डेरा खोजिदिएको स्रोतले बताएको छ ।
शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा भदौ २४ गतेदेखि बस्दै आएका ओली बिहीबार बाहिर निस्किएका हुन् ।


