३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 11:51 am
Banner

पार्टीका नेताको सम्पत्ति छानबिन गर्न आयोग बनाउने प्रचण्डको घोषणा

सूचना प्रेस २०८२ आश्विन १० शुक्रबार ००:००, १७:१९ बजे १ मिनेट पढाइ

काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै नेताको सम्पत्ति छानबिन गर्न आयोग बनाउने घोषणा गरेका छन् ।

केन्द्रीय समितिको बैठकमा आज प्रचण्डले आयोग गठन गर्ने साथै सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका हुन् । पार्टीको केन्द्रीय समिति बैठकलाई दोस्रो दिन सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले नेताको खानपान, लवाइ–खवाइदेखि जनमानससँगको सम्बन्धसम्म सरल र जनमुखी बनाउन के–के गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशन पनि दिएका छन् ।