६ आश्विन २०८१, आइतबार 1727054269
Banner

काठमाडौं महानगर अपडेट, बालेनले ल्याए ३८ हजार ३३३ मत

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उमेदवार बालेन शाहले ३८ हजार ३ सय ३३ मत पाएर अग्र स्थानमा रहेका छन् । त्यस्तै दोस्रो स्थानमा कांग्रेसकी सिर्जना सिंह रहेकी छन्।

उनले २१ हजार २ सय ९९ मत पाएर दोस्रो स्थानमा रहेकी छन् । त्यस्तै एमालेका केशव स्थापितले २१ हजार ८ मत पाएका छन् । अहिलेसम्म काठमाडौंमा १२ वटा वडाको अन्तिम परिणाम आइसकेको छ । काठमाडौं महानगरपालिकामा ३२ वडा छन ।