६ आश्विन २०८१, आइतबार 1727039902
Banner

काठमाडौंमा बिहानैबाट मेघगर्जनसहित वर्षा

काठमाडौं । काठमाडौंमा बिहानैबाट पानी पर्न सुरु भएको छ । हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको छ । मौसम बदली भएर अँध्यारो देखिएको काठमाडौंका अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ ।

यसैबीच, देशका विभिन्न भागमा हावाहुरी र चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ । आइतबार बिहान बागमती, गण्डकी र लुम्बिनीका केही क्षेत्रमा वर्षा भएको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली छ ।दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने आँकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । लुम्बिनी प्रदेश र मधेस प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको पनि सम्भावना छ । देशका अन्य प्रदेशका केही स्थानमा हल्का वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।