काठमाडौं । सरकारले प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकारमा अजयभद्र खनाललाई नियुक्त गरेको छ । आइतबार (असोज १२) बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा नियुक्त गरेको हो ।

खनाल सामाजिक नवप्रवर्तन तथा परराष्ट्र नीति केन्द्रका अनुसन्धान सल्लाहकार हुन् ।
त्यस्तै, जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमल्सिना नियुक्त भएका छन् ।


