ललितपुर । जिल्ला प्रशासन कार्यालयले असोज १७ देखि २० गतेसम्म देशका विभिन्न प्रदेशमा मनसुनी गतिविधि सक्रिय रहने भएकाले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमान शाखाले कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा धेरै पानी पर्ने सम्भावना रहेको बताएपछि जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन आग्रह गरेको हो ।

प्रशासनले विशेषगरी काठमाडौँ उपत्यका, काभ्रेपलाञ्चोक, मकवानपुरलगायतका जिल्लामा साना नदी–नालामा आकस्मिक बाढी आउन सक्ने, बाढी, डुबान, पहिरो तथा भू–क्षयजस्ता विपद् हुने जोखिम बढ्ने चेतावनी दिएको छ ।


