२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 8:33 am
समाचार

मौसम सुधार नआएपछि बुद्ध एयरका सबै उडान रद्द

सूचना प्रेस २०८२ आश्विन १८ शनिबार ००:००, १५:४० बजे १ मिनेट पढाइ

काठमाडौँ । मौसममा सुधार नआएपछि बुद्ध एयरले आजका सबै उडानहरू रद्द गरेको छ। कम्पनीले जारी गरेको सूचनामा देशभरको मौसममा सुधार नआएकाले शनिबारका लागि तय गरिएका सम्पूर्ण उडान सञ्चालन गर्न नसकिएको उल्लेख छ ।

बुद्ध एयरले  उडान पुनः निर्धारण वा रिफन्डका लागि आफ्नो ट्राभल एजेन्सी, अनलाइन पोर्टल वा कल सेन्टरमा सम्पर्क गर्न सम्बन्धित यात्रुलाई अनुरोध गरेको छ।