कोशी प्रदेशमा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। कोशी प्रदेश प्रहरी प्रवक्ता दीपक पोख्रेलका अनुसार, बाढी पहिरोका कारण हालसम्म ४३ जनाको मृत्यु भएको छ । १० जना घाइते भएका छन् भने ३ जना बेपत्ता रहेका छन् ।

मृत्यु हुनेमा १९ जना पुरुष, १७ जना महिला, ३ जना बालक र ४ जना बालिका रहेका छन् ।
सबैभन्दा बढी मानवीय क्षति इलाम जिल्लामा भएको छ । इलाममा ३७ जनाको मृत्यु भएको छ ।
त्यसैगरी, पाँचथरमा ३ जना, उदयपुरमा २ जना, तथा मोरङ र खोटाङमा १र१ जनाको मृत्यु भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । बाढी पहिरोमा परी घाइते भएका १० जनामध्ये ५ जना पुरुष र ५ जना महिला छन् ।
घाइते हुनेमा इलाममा २ जना छन् । १ पुरुष, १ महिला छन् ।


