३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 8:03 am
समाचार

मधेश सरकारमा कांग्रेसको दाबी पेस

सूचना प्रेस २०८२ आश्विन २२ बुधबार ००:००, १८:०८ बजे १ मिनेट पढाइ

जनकपुर, २२ असोज । मधेश प्रदेश सरकारमा नेपाली कांग्रेसको नेतृत्वमा दाबी पेस गरिएको छ । बुधबार प्रदेश प्रमुखको कार्यालय, जनकपुरधाममा नेपाली कांग्रेस, नेकपा एमाले र जनमत मिलेर नयाँ सरकार गठन गर्ने भन्दै दाबी पेस गरेका छन् ।

नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णा प्रसाद यादवको नेतृत्वमा सरकार गठन हुन लागेको छ । सो क्रममा नेकपा (एमाले) बाट मन्त्री बनेकाहरुले यस अघि नै पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन समेत फिर्ता लिईसकेको छ ।