३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 7:21 am
Banner

निकोलस भुसाल प्रहरी नियन्त्रणमा

सूचना प्रेस २०८२ आश्विन २३ बिहिबार ००:००, ११:५४ बजे १ मिनेट पढाइ

काठमाडौं । काठमाडौंको माइतीघरबाट प्रहरीले निकोलस भुसाललाई नियन्त्रणमा लिएको छ । बिहीबार प्रदर्शनका लागि माइतीघर पुगेका भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रदर्शनका लागि आउनेहरूलाई प्रहरीले नियन्त्रणमा लिइरहेको छ । यसअघि, आजै माइतीघरबाट एसपी साह नाम गरेका युवकलाई पक्राउ गरेको थियो ।

सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गरेर माइतीघरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।