काठमाडौं । नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्ने सुनको कोटा बढाएको छ ।
सुन आयात गर्न अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई शुक्रबार एक परिपत्र जारी गर्दै नेपाल राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार, सुन आयातको दैनिक सीमा हालको २० किलोग्रामबाट बढाएर २५ किलोग्राम पुर्याइएको छ।
‘आयात गर्न सकिने सुनको दैनिक परिमाण हाललाई २५ (पच्चिस) किलोग्राम कायम गरिएको छ’, संशोधित व्यवस्थामा उल्लेख छ ।



