५ आश्विन २०८१, शनिबार 1726914660
राजनीति

तनहुँको व्यास प्रमुखमा कांग्रेसका न्यौपाने निर्वाचित

काठमाडौं । तनहुँको व्यास नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उमेदवार वैकुण्ठनाथ न्यौपाने निर्वाचित भएका छन् । गए राति सार्वजनिक अन्तिम मत परिणामानुसार उनले १२ हजार ७८ मत पाए ।

उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेदवार दीपकराज जोशीले ११ हजार ८२६ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । २५२ मतान्तरले न्यौपाने विजयी भएका हुन् ।

उपप्रमुखमा कांग्रेसकै उमेदवार इन्दिरा दरै विजयी भइन् । उनले १३ हजार ४९८ मत ल्याइन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)की उमेदवार वसुन्धरा घर्तीले १० हजार ४२ मत पाइन् ।