४ आश्विन २०८१, शुक्रबार 1726881227
पालिका

एमालेका उम्मेदवारले तुलसीपुर उपमहानगरपालिकामा बढाए मतान्तर

दाङ – तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयरमा एमालेका उम्मेदवारले मतान्तर बढाउँदै लगेका छन्। मेयरमा नेकपा एमालेका टिकाराम खड्काले आफ्नो मतान्तर थप फराकिलो बनाउँदै लगेका छन्।

उनले निकटम प्रतिस्पर्धी गठबन्धनतर्फबाट नेपाली कांग्रेसको उम्मेदवार गेहेन्द्र गिरीलाई १८ सय १३ मतले पछाडि पारेका छन्। अहिलेसम्म गणना भएको ४७ हजार ७४४ मध्ये खड्काले २० हजार ३१९ मत ल्याएर अग्रस्थानमा रहेका छन्।​ खडकाको प्रतिस्पर्धी गिरीले १८ हजार ५०६ मत प्राप्त गरेका छन्।

यसैगरी, उपमेयरमा पनि एमालेकी स्यानी चौधरीले १९ हजार ७८० मत पाउँदा नेकपा एकीकृत समाजवादीका जोगबहादुर रानाले १३ हजार ७३५ मत पाएका छन्।