काठमाडौं। इजरायलमा हमासद्वारा नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीहरूले पुष्टि गरेका छन्।

इजरायली सेनाका (आईडीएफ) एक अधिकारीले स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिनको मृत्यु भएको औपचारिक जानकारी दिएका हुन्।
नेपालका लागि इजरायली राजदूत धनप्रसाद पण्डितका अनुसार, आईडीएफका अधिकारीले यो सूचना नेपाली राजदूत, अमेरिकामा रहेका विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर र इजरायल प्रधानमन्त्री कार्यालयका दुई अधिकारीसँग भिडियो कन्फरेन्समार्फत साझा गरेका थिए।
राजदूत पण्डितका अनुसार “आईडीएफका अधिकारीले हामीलाई विपिन ‘ईज नो मोर’ भने।”


