१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:39 am
Banner

जेनजी आन्दोलनका घटनाको छानबिन गर्नुपर्छ : देउवा

सूचना प्रेस २०८२ आश्विन २८ मंगलबार ००:००, १५:३५ बजे १ मिनेट पढाइ

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी आन्दोलनमा भएका घटनाको छानबिन गर्न माग गरेका छन्। जेनजी आन्दोलनकारीको आक्रमणबाट घाइते भएका देउवा आज पहिलोपटक सार्वजनिक भएका छन्।

पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले भदौ २३ र २४ गतेका घटनाको छानबिनको माग गरेका हुन्। बैठकमा देउवाले लिखित सम्बोधन गर्दै दुवै दिन भएका घटनाको छानबिनको माग गरेका छन्।