१ जेष्ठ २०८३, शुक्रबार 1778907211
Banner

काठमाडौँमा आजदेखि राहदानी आवेदन सेवा सुरु हुने

काठमाडौँ । काठमाडौँमा जेनजी प्रदर्शनपछि स्थगित राहदानी आवेदन सेवा बुधबारदेखि सुरु हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट प्रवाह हुने राहदानी आवेदनसम्बन्धी सेवा असोज २९ गते बुधबार देखि सुरु गर्न लागेको जानकारी दिएको हो ।

काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मुक्तिराम रिजालले बिहान ७ः०० बजेदेखि साँझ ७ः०० बजेसम्म दुई सेवा सिफ्ट मार्फत राहदानी आवेदनसम्बन्धी सेवा प्रदान गर्न लागिएको जानकारी दिए।

जिप्रका काठमाडौँले हाल सीमित आवेदन स्टेसनबाट सुरु गर्न लागेको उक्त सेवाका लागि आवेदन गर्न प्रत्येक दिन साँझ ५ः०० बजे अनलाइन आवेदन स्लट खुल्ने जनाएको छ । राहदानीसम्बन्धी अत्यधिक सेवाग्राहीको चाप भएको र सीमित आवेदन स्टेसन भएकाले सेवाग्राही आवेदन फारममा उल्लेख भएकोवसमा समयमा उपस्थित भई सहयोग गरीदिन समेत काठमाडौँ प्रशासनले सबैलाई अनुरोध गरेको छ ।