२ जेष्ठ २०८३, शनिबार 1778913741
Banner

संसद विघटनबारे दलहरुसँग छलफलमा सभामुख, रास्वपा अनुपस्थित

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद् विघटनबारे छलफल गर्नको लागि दलहरूसँग छलफल सुरु गरेका छन् । सभामुख घिमिरेले संसद्मा प्रतिनिधित्व गर्ने दलका तत्कालीन प्रमुख सचेतकहरुसँग छलफल गरेपनि रास्वपाको भने सहभागि रहेको छैन ।

बैठक आज बिहान ९ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भइरहेको सभामुखको सचिवालयले जनाएको छ। बैठकमा उपसभामुख इन्दिरा रानापनि सहभागी छिन् ।

बैठकमा प्रमुख दलका तत्कालीन प्रमुख सचेतकहरू छन् । एमालेबाट महेश बर्तौला, कांग्रेसबाट श्याम घिमिरे, राप्रपाबाट ज्ञानेन्द्र शाही, माओवादीबाट हितराज पाण्डेलगायत तत्कालीन प्रमुख सचेतकहरु सहभागी भएका छन् ।

सभामुखले राजनीतिक दलसहित कानुन व्यवसायी र विज्ञहरूसँग पनि संसद् विघटनबारे राय लिइरहेका छन्।