धादिङ- धादिङको नीलकण्ठ नगरपालिका भवनघर निवासी ठाकुर र सीता विश्वकर्माका दुई सन्तान दुवै शरीरिक रुपमा अपाङ्ग छन् ।

आर्थिक अभावका कारण सामान्य विरामी पर्दा उपचार गर्न नसकेर दुई दशक भन्दा लामो समयदेखि दुबै सन्तान एकै थलोमा कष्टकर जीवन बाँच्न बाध्य भएका छन् ।
छोराहरुको औषधि उपचारमा आफूहरुसँग भएको सबै सम्पत्ति नै सकिएका उनिहरुको परिवारलाई औषधी उपचारका लागि मात्रै होईन विहान बेलुकीको गर्जो टार्न समेत थप समस्या परेको छ ।


