७ कार्तिक २०८१, बुधबार 1729736255
Banner

९ मत कम भएपछि पोखरामा मतगणना रोकियो

पोखरा । पोखरा महानगरमा मतगणना रोकिएको छ। मुचुल्का उठाएकोभन्दा वडा नम्बर १८ मा ९ मत कम भएपछि एमालेले मतगणना रोकेको हो।

गणनामा एमालेका प्रतिनिधि बस्न नमानेपछि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

वडा नम्बर १८ मा मतगणना रोकिएपछि २२,३२ र ३३ वडाको मतगणना पनि स्थगित भएको छ।

वडा नम्बरमा १८ मा एमालले १६४० र कांग्रेसले १६४३ मत प्राप्त गरेको छ।

पोखरा महानगरको मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा एमालेका मञ्जुदेवी गुरुङले जित्ने निश्चित छ।