२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 2:56 pm
अर्थ

सुनको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार ?

सूचना प्रेस २०८२ कार्तिक १२ बुधबार ००:००, ११:२० बजे १ मिनेट पढाइ

काठमाडौँ । नेपाली बजारमा बुधबार पनि सुनको मूल्य घटेको छ । मंगलबार तोलामा २ लाख ३७ हजार रुपैयाँ कायम भएको सुनको मूल्य बुधबार ७०० रुपैयाँ घट्दै तोलामा २ लाख ३६ हजार ३०० रुपैयाँ कायम भएको हो । तिहारपछि बजार खुलेसँगै सुनको मूल्य घट्दै आएको छ ।

यसैबिच बुधबार चाँदीको मूल्य भने बढेको छ । मंगलबार तोलामा २ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार भने बढेर तोलामा २ हजार ९६५ रुपैयाँ कायम भएको हो ।