२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 10:32 pm
अर्थ

सुनको मूल्य स्थिर, चाँदीको बढ्यो

सूचना प्रेस २०८२ कार्तिक १३ बिहिबार ००:००, ११:२७ बजे १ मिनेट पढाइ

काठमाडौं, १३ कात्तिक । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला मूल्य २ लाख ३६ हजार ३ सय रुपैयाँ तय भएको छ । अघिल्लो दिन पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ९६५ रुपैयाँमा कारोबार भएको थियो ।