९ मंसिर २०८१, आइतबार 1732470432
Banner

ललितपुर महानगरपालिकाको प्रमुखमा कांग्रेसका चिरीबाबु महर्जन र उपप्रमुखमा एमालेकी मञ्जली शाक्य निर्वाचित

काठमाडौं स् ललितपुर महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी भएका छन्।

दोस्रो कार्यकालका लागि निर्वाचित महर्जनले ४२ हजार ९ सय २९ मत प्राप्त गरे। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले २९ हजार ९ सय ९३ मत मात्रै पाए। उपप्रमुखमा भने सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका बाबुराज बज्राचार्यलाई फराकिलो मतान्तरले पराजित गर्दै एमाले उम्मेदवार मञ्जली शाक्य बज्राचार्य विजयी भएकी छिन्।

मञ्जलीले २४ हजार ५ सय ६१ मत प्राप्त गर्दा बाबुराजले १७ हजार ५ सय ३६ मत ल्याए