४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 11:37 am
अर्थ

सुनको मूल्य घट्दा चाँदीको बढ्यो

सूचना प्रेस २०८२ कार्तिक १९ बुधबार ००:००, ११:२२ बजे १ मिनेट पढाइ

काठमाडौं, १९ कात्तिक । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार एक सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य बढेको छ । आज चाँदी ४ सय ५ रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला २ हजार ५ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज २ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।