राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेलाई बयानका लागि नख्खु कारागारबाट सिंहदरबार ल्याइएको छ । लामिछानेलाई बुधबार नख्खु कारागारबाट सिंहदरबारस्थित उच्चस्तरीय जाँचबुझ आयोगको कार्यालयमा ल्याएर बयान लिएको हो । जेनजी आन्दोलनका क्रममा नख्खु कारागार बाहिर निस्कनुपर्ने परिस्थीतिका बारेमा आयोगले लामिछानेसँग सोधपुछ गरेको बुझिएको छ ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका लामिछाने जनेजी आन्दोलनका क्रममा भाद्र २४ गते असुरक्षाका कारण देखाउँदै कारागारबाट बाहिर निस्केका थिए । यद्यपी लामिछानेले कारागार प्रशासनले नै पत्र दिएर आफुलाई घर पठाएको दावी गर्दै आएका छन् ।



