१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:39 am
Banner

कांग्रेस बैठक आजपनि बस्ने

सूचना प्रेस २०८२ कार्तिक २० बिहिबार ००:००, ०४:२५ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजपनि बस्ने भएको छ। असोज २८ गतेदेखि सुरु भएको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बस्दै आएको छ ।

सोहीअनुसार बुधबारको बैठकमा सहमहामन्त्री फरमूल्लाह मन्सुर, केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, पद्मनारायण चौधरी, जीवनबहादुर शाही, सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, कृष्णकिशोर घिमिरे, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मदनबहादुर अमात्य, चन्द्रबहादुर के।सी।, अब्दुल सत्तार, उदयशम्शेर राणा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, जावेदा खातुन जागा, प्रा।डा। गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी, माया राई, सुशीला ढकाल, गंगा शाही र सितादेवी देवकोटाले आ–आफ्ना धारणा व्यक्त गरेका छन् ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार बिहीबारको बैठक बिहान ११ः३० बजे पार्टी कार्यालयमै बस्नेछ। बैठकमा आगामी राजनीतिक परिस्थिति, पार्टी महाधिवेशन, र आसन्न प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित विषयमा छलफल जारी छ।