१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 4:02 am
Banner

मेयर बालेनविरूद्ध जाहेरी दिन साइबर ब्युरो पुग्यो युवा संघ

सूचना प्रेस २०८२ कार्तिक २० बिहिबार ००:००, १२:४५ बजे १ मिनेट पढाइ

काठमाडौं, २० कार्तिक । नेकपा (एमाले) को भ्रातृ संगठन युवा संघ नेपालले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहविरूद्व जाहेरी दिने भएको छ ।

युवा संघले आज बालेनको एउटा स्टाटसलाई लिएर प्रहरीमा जाहेरी दिन लागेको हो । उक्त स्टाटसले राजनीतिक दलहरूको मानमर्दन गरेको र मित्रराष्ट्रहरूलाई समेत अपमानित गरेको भन्दै विद्युतीय अपराध अन्तर्गत प्रहरीको साइबर ब्युरोमा जाहेरी दिन लागिएको बताइएको छ ।

बालेनले दुई दिनअघि अश्लील शब्द प्रयोग गर्दै दलहरूलाई गालीगलौज गर्दै स्टाटस लेखेका थिए ।