१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:39 am
समाचार

रवि र छविको मुद्दामा मिसिल झिकाउन आदेश

सूचना प्रेस २०८२ कार्तिक २७ बिहिबार ००:००, १७:५६ बजे १ मिनेट पढाइ

काठमाडौं, २७ कार्तिक । सहकारी ठगी आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ ।

आज उच्च अदालत बुटवलमा न्यायधिशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा थप मिसिल झिकाउन आदेश दिएको हो ।

यसअघि पनि अदालतले प्रमाण मिसिल झिकाउने आदेश दिएको थियो ।