१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 3:39 am
समाचार

कपिलवस्तुमा डुबेर बालकको मृत्यु

सूचना प्रेस २०८२ कार्तिक २८ शुक्रबार ००:००, १२:४८ बजे १ मिनेट पढाइ

कपिलवस्तु । कपिलवस्तुमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका–६ सेमरी बस्ने मनोहर हुसेनको १३ महिनाको छोरा आकिब मुसलमान हुसेनको आफ्नै घर अगाडि रहेको नालीमा डुबेर मृत्यु भएको हो ।

बिहीबार दिउँसो  डुबेर अशक्त भएका उनको जिल्ला अस्पताल तौलिहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।