काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), प्रगतिशील राष्ट्रिय अभियानका सुदन किरातीबीच मंसिर ७ गते एकता हुने भएको छ ।

यस एकतामा आजै रास्वपा छाडेका सन्तोष परियार पनि मिसिने भएका छन् । रास्वपा छाडेका परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) की संयोजक दुर्गा सोव र प्रगतिशील राष्ट्रिय अभियानका सुदन किरातीबीच ५ बुँदे सहमति भएको हो ।
सहमतिपत्रमा नेसपा नयाँ शक्तिको तर्फबाट संयोजक दुर्गा सोव, प्रगतिशील जागरण अभियानको तर्फबाट सुदन किराती र परियारले हस्ताक्षर गरेका छन्।



